SHARE
अन्नपूर्ण · शुक्रबार​ २९ जेठ २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

काभ्रेमा भएको बस दुर्घटनामा ८ जनाको मृत्यु (अपडेट)

काभ्रे : काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित बीपी राजमार्गमा शुक्रबार दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। प्रहरीका अनुसार दिउँसो बनेपाबाट रोशी–खार्पाचोकतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको पूर्व अरनिको यात्रुवाहक बस अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटनामा परेको हो।