SHARE
अन्नपूर्ण · शुक्रबार​ २९ जेठ २०८३ ०८:०० PM · 1 मिनेट पढाइ

एथर नेपालले एकैदिन २०८ स्कुटर हस्तान्तरण गर्दै बनायो नयाँ कीर्तिमान

काठमाडौं: एथर नेपालले एकै दिन २०८ वटा विद्युतीय स्कुटर ग्राहकलाई हस्तान्तरण गर्दै नयाँ कीर्तिमान कायम गरेको छ।वैद्य इनर्जी प्रालिद्वारा सञ्चालित एथर नेपालले बिहीबार आयोजित विशेष मेगा डेलिभरी कार्यक्रममार्फत २०८ जना ग्राहकलाई एथर ब्रान्डका विद्युतीय स्कुटर हस्तान्तरण गरेको हो। कम्पनीका अनुसार यो उपलब्धि नेपाली बजारमा विद्युतीय स्कुटरप्रतिको बढ्दो विश्वास र स्वच्छ यातायाततर्फको आकर्षणको संकेत हो।कार्यक्रममा देशका विभिन्न स्थानबाट आएका ग्राहकहरूले आफ्नो नयाँ एथर स्कुटर ग्रहण गरेका थिए।