प्रधानमन्त्रीज्यू आफ्ना मन्त्रीहरूको बोलीमा लगाम लगाउनुस्ः विश्वप्रकाश शर्मा
काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले मन्त्रीहरूको बोलीमा लगाम लगाउनुपर्ने बताएका छन् । सोमबार सामाजिक सञ्जालमा भिडिओ सन्देश जारी गर्दै उनले उक्त कुरा बताएका हुन् । भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले धादिङमा सडक अनुगमन गर्ने क्रममा ‘काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनू’ भन्ने अभिव्यक्ति दिएका थिए ।
