दुर्घटनामा परी नागरिक ज्यानको भीख माग्दै मरे, त्यहीँबाट हेलिकप्टरमा मन्त्री उड्दै थिए : ज्ञानेन्द्र शाही
काठमाण्डु– राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले कर्णालीका जनता सवारी दुर्घटनामा परेर नदीमा बगिरहँदा राज्यले उद्धारमा चासो नदिएको छर, त्यही समयमा नदी माथिबाट मन्त्रीको हेलिकोप्टर उडेको भन्दै आपत्ति जनाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले दुर्घटनाका घाइतेले ज्यान बचाइदिन हारगुहार गर्दा राज्य संवेदनहीन भएर बसेको आरोप लगाए ।
